बारा दुर्घटना अपडेट: ३ जनाको मृत्यु, २७ जना घाइते (घाइतेहरुको नामसहित)

३ जनाको अबस्था गम्भीर

बारा- बाराको अम्लेखगंजस्थित ३ नं.पुलको मोडमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीलाई उद्दत गर्दै हाम्रा बारा संवाददाता गुरुप्रसाद गौतमले जनाएका छन ।

मृत्यु हुनेमा ट्रक चालक तनहुँ पिपरटार बस्ने बर्ष २८ का पुर्ण गुरूङ र बस चालक मकवानपुर हेटौँडा ३ बस्ने बर्ष ४० का हरि शम्सेर सुयाल थापा रहेका छन । एक जनाको सनाखत हुन सकेको छैन ।

घाइतेहरुमध्ये ३ जनाको अबस्था गम्भीर रहेको र अरुको सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको हेटौँडा, चितवन र बाराक विभिन्न अस्पतालहरुमा उपचार भइरेहको छ ।

घाइतेहरुमा तनहुँ बन्दिपुरका १७ बर्षीय तेज कुमार गुरूङ, सुनसरी भातिका-२ बस्ने बर्ष ३० का खिलराज दुलाल, सुनसरी ईटहरी ४ बस्ने बर्ष ४० का सुरेन्द्र गौतम, निजको श्रीमती ३५ बर्षीया सम्झना गजुरेल,  छोरी बर्ष १२ की सोराय गौतम र उनीहरुकै नावालक छोरा ३ बर्षका सोडनेम गौतम रहेका छन ।

त्यसैगरी बसको सह-चालक झापा दमक बस्ने बर्ष ४० को नगेन्द्र उप्रती, भारत आन्ध्र प्रदेश बस्ने बर्ष ५२ को सिडिमाया, र सोही ठाउँकी  ५२ बर्षीया नामा एम झसे साथै भारतको सोही ठाउँकी  ४२ बर्षीया श्रीग धौगा रहेका छन । यसैगरी, भारत आन्ध्र प्रदेशकै बर्ष  ४७ का  पासाङ काण्डु , ईलाम माईजुमा ५ बस्ने बर्ष ३० को बिनोद तामाङ पनि घाइते भएकाछन ।

त्यसैगरी अन्य घाइतेमा झापा चुलाछुटी ५ बस्ने बर्ष ३६ को बिर बाहादुर तामाङ, सङ्खुवासभा-९ बस्ने बर्ष ३० को चन्द्र बहादुर तामाङ र बर्ष २४ को विर्ख बहादुर तामाङ , ईलाम चुलाडुली ३ बस्ने बर्ष ३६ को मनोज कुमार लिम्बु, बर्ष २० को प्रवेश पटेल छन ।

यसैगरी, इलामका प्रवेश पटेल, झापा कमल गाउँपालिकाका पुणम गुरुङ, भारतीय नागरिक छोमी लोप्चा र उनका श्रीमान नामग्याल लोप्चा तथा छोरी माया लोम्चा पनि घाइते भएका छन ।

सामान्य घाइते हुनेहरुमा झापाका हरिनारायण विश्वकर्मा, सुनसरीका अनिल कुमार थापा, झापा कै धनबहादुर लिम्बू तथा नयन खनाल छन भने भारतीय नागरिक छिरिङ पालदेन तथा उर्लाबारीका अमि श्रेष्ठ पनि सामान्य घाइते भएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.