चिनिया राष्ट्रपति सी र रूसी प्रधानमन्त्रीबीच भेटवार्ता
चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गर्नुभएको छ ।
चालु बर्षमा रूसी राष्ट्रपति पुटिनसँग दुई पटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशका सरकार तथा संसद् राजनीतिक दल र स्थानीय तहवीच विभिन्न व्यापारिक सहयोग भएको बताउनुभएको छ ।
यस बर्षमा चीन तथा रूसबीचको द्धिपक्षीय व्यापार मात्रा दुई सय अर्ब अमेरिकी डलरको लक्ष्य हासिल गरी दुई देशीय सम्बन्ध लाभकारी, लचिलो तथा व्यापक भएको राष्ट्रपति सीको भनाइ छ ।
यसै सन्दर्भमा उहाँले चीन र रूस सम्बन्धलाई कायम राख्दै विकास गर्नु दुबै देशका जनताको हितमा छनोट भएको बताउनुभएको छ ।
चीनले रूसी जनताको रोजाइको विकासको बाटोमा हिड्न सहयोग गरेको बताउदै राष्ट्रपति सीले आगामी बर्ष चीन रूसको कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ औँ बार्षिकोत्सवलाई नयाँ बिन्दुमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।।






प्रतिक्रिया राख्नुहोस्