चिसाेका कारण पाल्पामा भाइरल ज्वरोका विरामी बढे

पाल्पा – ह्वातै चिसो बढेसँगै पाल्पाका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन । जिल्ला अस्पताल पाल्पा, यूनाईटेड मिसन अस्पताल तानसेन,लुम्बिनी मेडिकल कलेज प्रभास र पालिकाका स्वास्थ्य चौकीमा विरामीको चाप दिनानुदिन बढ्दै गईरहेको छ ।

जिल्ला अस्पताल पाल्पाका अनुसार सामान्य रुघाखोकी, ज्वरो, टाइफाइड र निमोनियका विरामी बढेका हुन । अस्पतालको ओपिडीमा पहिला दैनिक ६० \ ७० जना विरामी आउने गरेकोमा अहिले १ सय ५० भन्दा बढि आउने गरेका छन ।

भाइरलबाट विशेष गरि ४ देखी १५ वर्ष उमेर समुहका बालबालिका र ६५ वर्ष माथिका जेष्ठ नागरिका बढी प्रभावित बनेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

भाइरलकै कारण जिल्लाको युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा समेत दैनिक २ देखि ३ सयसम्म विरामी उपचारको लागि आउने गरेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । यस्तै गरि जिल्लाको निजि स्वास्थ्य संस्थामा समेत ज्वरोका विरामी उपचार गर्न आउनेको चाप बढेको छ ।

भाइरल ज्वरोबाट बच्न पानी उमालेर खाने, समूहमा हिडडुल नगर्ने, आराम गर्ने, झोलिलो पदार्थ बढि पिउन चिकित्सको सुझाव रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.