बागलुङको सर्बसिद्धीधाम पञ्चकोटमा आन्तरिक तथा बाह्य पर्यटक बढे

बाग्लुङ-  भौतिक पुर्वाधारका संरचना निर्माणाधीन अवस्थामै रहेको पञ्चकोट पछिल्लो समय बाग्लुङको प्रमुख पर्यटकीय आर्कषणको रुपमा लिन थालिको छ । पञ्चकोटको सुन्दर दृश्यको रुपमा समेत विकास हुर्दै गएको छ ।
बाग्लुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रुपमा विकास हुर्दै गएको पञ्चकोटमा घुम्न आउने पर्यटकको सङख्यामा वृद्धि भएको छ ।
पञ्चकोटमा प्रत्येक दिन पाँच सय देखि एक हजार सम्म आन्तरिक पर्यटक आउने गरेका छन । यहाँ स्वदेशी बाहेक भारतबाट समेत पर्यटकहरु आउने गरेका छन ।

लोभ्याउने पञ्चकोटका धार्मिक कलाकृति संरचना हेर्न स्वदेशी तथा बिदेशी पर्यटक आउने गरेको छन । बाग्लुङ नगरपालिका–६ स्थित पञ्चकोटमा रहेको धार्मिकस्थल अवलोकनसगै घुम्म आएको आन्तरिक पर्यटकको भनाई छ ।
जिल्ला सदरमुकामबाट नजिक तथा पक्की सडकका कारण आन्तरिक पर्यटकको रोजाइ बनेको छ । पञ्चकोटमा हालसम्म करिब रु ३० करोड खर्च भइसकेको छ ।
पञ्चकोटमा १ सय ८ फिट अग्लो कलर्श पाच हजार पचसय पच्पन्न के जि को धन्ट निमाण समेत थालिएको छ । अवको ७ बर्ष भित्र ४ अर्वको लगानीमा सम्पुर्ण रुपले भौतिक पुर्वाधारको रुपमा विकास गर्ने गरि काम भईरहेको स्वामी कमलनयन आचार्यले बताउनुभयो ।
विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटको निर्माण कार्य नसकिँदै पर्यटकको भीड लाग्ने गरेको छ । विसं २०७१ सालदेखि वर्षेनी महायज्ञ सञ्चालन गरी आर्थिक स्कलन गरिँदै आएको छ ।

अत्यन्तै आकर्षक शैलीमा निर्माण भएका मठ मन्दिर र आवश्यक पूर्वाधार निर्माण भइरहेको अवस्थामा नै, पूजापाठ, अध्ययन तथा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।
बागलुङ नगरपालिका भित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलश र्र पाच हजार पचसय पच्पन्न के जि को धन्ट निर्माण गरिने लक्ष्य छ ।
समुन्द्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धौलागिरि, निलगिरिलगायतका दर्जनबढी हिमश्रृङ्खला देख्न सकिन्छ ।

अहिले पर्यटकहरु आउन थालेपछि यहाँ होटल व्यवसायीको व्यापारमा समेत बृद्धि हुदै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.