मन्त्रिपरिषद् बैठकः सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत

काठमाडौं- सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख को प्रयोजनका लागी राष्ट्रिय जनगणना २०७८ को कुल जनसंख्यामध्ये शुन्य दशमलव ५ प्रतिशत भन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाती (दलित बाहेक) लाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय गरेको छ भने अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।
त्यस्तै बैठकले राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गरेको शर्माले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्