सुशासन प्रवर्द्धन एवं सेवा प्रवाह सरकारको प्राथमिकतामा

सुनसरी-सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन प्रवर्द्धन एवं सेवा प्रवाहलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ सुनसरीले आज धरानमा आयोजना गरेको कार्यक्रममा उहाँले लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता भए पनि संविधानको मर्मविपरीत बोल्ने छुट कसैलाई नभएको बताउनुभयो ।

मन्त्री शर्माले वर्तमान सरकारले जनताका अपेक्षाअनुरुप काम गरिरहेको बताउँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन चाँडो टुङ्ग्याइने जानकारी दिनुभयो । उहाँले सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सबै दलसँग सहकार्य, सहमति र छलफल गरेर टुङ्ग्याइने बताउनुभयो ।

मन्त्री शर्माले सञ्चार क्षेत्रमा पनि अन्य व्यापार व्यवसायमा जस्तै आर्थिक सङ्कट देखिएको भन्दै सञ्चार क्षेत्रलाई छुट दिने सोचमा सरकार रहेको बताउनुभयो ।

त्यसअवसरमा पत्रकारहरूले पत्रकार प्रज्ञाप्रतिष्ठान गठन गर्न माग गर्दै मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.