राष्ट्र दोधार र संक्रमणकालमा उभिएको  छ: देउवा

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्र संक्रमणकालमा उभिएको  बताउनु भएको छ ।

बागमती प्रदेश अधिवेशनलाई सनिवार काठमाडौँमा सम्बोधन गर्दै सभापति देउवाले मुलुक दोधारमा र  संक्रमणकालमा उभिएको बताउनु भएको हो ।

‘‘अहिले राष्ट्र  दोधारमा उभिएको छ, एउटा संक्रमणकालमा छ ।  अहिले बेला हामी सवैले मिलेर खाँसगरी कांग्रेसले अब  नेतृत्व दायी भूमिकामा बसेर काम गर्नु पर्ने अवस्था छ,” सभापति देउवाले भन्नुभयो ।

वर्तमान व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेपनि सबैको साथ सहयोगबाट पार्टीलाई अझै सुदृढ गर्दै पूर्ण रुपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्नेमा सभापति देउवाको जोड छ ।

सभापति देउवाले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण र सवै भन्दा उत्तम ब्यवस्था भएको उल्लेख गर्दै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.