‘गल्ती गर्ने सबैलाई कारबाही हुन्छ’ भन्ने प्रमाणित गर्न सरकार सफलः मन्त्री शर्मा

धनकुटा- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रमा गल्ती गर्ने सबैलाई कारबाही हुन्छ भन्ने प्रमाणित गर्न सरकार सफल भएको बताउनु भएको छ ।

प्रेस सेन्टर धनकुटाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री शर्माले ललिता निवास प्रकरण, नक्कली शरणार्थी प्रकरण, सुन प्रकरणमा सरकारले गरेका कारबाहीले प्रमाणित भएको बताउनु भएको हो ।

उहाँले सरकारले मिटर व्याजको समस्या समाधान प्रभावकारी भएको बताउँदै आमाको नामबाट नागरिकता पाउने व्यवस्थाले हजारौं नागरिकताविहिनले नागरिकता पाएको बताउनुभयो ।

उहाँले सरकारी विद्यालयमा समयमै पुस्तक पुर्‍याउनु र किसानले समयमै मल बिउ पाउनुले सरकार जनचासोका काममा लागेको प्रमाणित भएको दाबी गर्नुभयो ।

उहाँले नागरिकता तथा राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, जग्गा रजिष्ट्रेसन, श्रम स्वीकृति, सवारी चालक अनुमतिपत्र, नो अब्जेक्सन सर्टिफिकेट लगायतका सेवाका लागि सरल, कम खर्चिलो र झन्झटमुक्त बनाइएको जानकारी दिनुभयो ।

साथै उहाँले मिडिया काउन्सिल विधेयक जारी गर्ने तयारीमा रहेको बताउनुभयो । मन्त्री शर्माले सरकारी मिडिया जनताका गुनासा सरकार समक्ष पुर्‍याउने काम गर्नुपर्ने बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले सरकारी मिडियाले सरकारको भजन गाउने नभइ सरकारका राम्रा कामको मात्र प्रचार गर्नुपर्ने बताउनु भयो । उहाँले पत्रकारिता टिकाउन वातावरण बनाउन सरकार गम्भिरता पूर्वक लागेको बताउनुभयो ।

सो अवसरमा पत्रकार महासंघ धनकुटाले साँगुरो भवनमा काम गर्नु परेको भन्दै भवन माग गर्दै मन्त्री शर्मालाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.