सांसद कोइरीको निलम्बन फुकुवा

काठमाडौँ – निलम्बनमा पर्नु भएका नेकपा एमाले प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ ।
अदालतले सफाइ दिएपछि आइतबार संसद सचिवालयले सांसद कोइरीको निलम्बन फुकुवा गरेको हो ।
संसद सचिवालयका कार्यबाहक महासविच पद्मप्रसाद पाण्डेयले एक सूचना जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी दिनु भएको छ ।
निलम्बन फुकुवा भएसँगै अब उहाँ संसदीय गतिविधिमा भाग लिन पाउनु हुनु भएको छ ।
हत्या आरोपमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि सांसद कोइरीले निलम्बन फुकुवाको निवेदन दिनु भएको थियो । मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या गरेको आरोप कोइरीमाथी लागेको थियो ।







प्रतिक्रिया राख्नुहोस्