चलायमान बन्दै पर्यटन क्षेत्र : १० लाख विदेशी पर्यटकले गरे नेपाल भ्रमण
काठमाडौँ – सरकार गठन भएको एक बर्षमा पर्यटन क्षेत्रमा निकै उपलब्धी हासिल भएको छ । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रले यो अबधि निकै फड्को मारेको छ । कारोना महामारीले दुईबर्ष थला परेको नेपालको पर्यटन क्षेत्रले यो एकबर्षको अवधिमा निकै उपलब्धी हासिल गरेको छ । सरकारले आर्थिक विकासको प्रवल सम्भावना रहेको पर्यटन क्षेत्रको विकासलाई बिषेश जोडदिए सँगै यो क्षेत्रले फड्को मार्न थालेको हो ।
खास गरि यो अबधिमा पर्यटन पूर्वाधारको विकासले गति लिएको छ।यो बिचमा राष्ट्रिय गौरवका आयोजना मध्येका दुई वटा अन्तराष्ट्रिय विमान स्थल संचालनमा आएका छन । त्रिभुवन अन्तराष्टिय विमान स्थलले पनि आफ्नो क्षमता विस्तार गरेको छ ।
यसै गरि यो अबधि विभिन्न अन्तराष्ट्रिय चेन होटलहरु समेत संञ्चालनमा आएका छन्। सरकारले वि.स २०३५ सालको पर्यटन ऐनमा समेत समसामयीक संशोधनको तयारी गरेको छ । यो अबधिमा पर्यटक आगमनमा समेत बृद्धि भएको छ । सन् २०२३ को डिसेम्वरको मध्यसम्ममा करीव १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
सरकारले पर्यटन क्षेत्रको विकासको निम्ती पूर्वाधार विकासमा जोड दिएको भएपनि त्यसलाई कार्यन्वयनमा ल्याउन केही नितीगत तहमा काम गर्न आवश्यक रहेको यस क्षेत्रका विज्ञहरुको सुझाव छ ।
यस्तै पर्यटन क्षेत्रको विकासलाई सरकारले चालु आर्थिक बर्षको बजेटमै बिशेष प्राथमिकतामा राखेको छ । त्यसका लागि २ अर्व १३ करोड रुपैया बजेट विनियोजन गरेको छ ।
साथै सरकारले सन् २०२३ देखि सन् २०३२ सम्मलाई पर्यटन दशकका रुपमा मनाउने घोषण गदै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारात्मक कार्यक्रमहरु गदै आएको छ ।





प्रतिक्रिया राख्नुहोस्