राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न जसपाले बोलायो बैठक

काठमाडौँ – जनता समाजवादी पार्टी जसपा नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न केन्द्रीय बालकुमारीमा पुस १० गते बिहान १० बजेका लागि बोलाइएको हो ।
त्यसैगरी आगामी पुस २५ गतेदेखि काठमाण्डौमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरुको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल हुने बताइएको छ।
जसपाले आफ्ना सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट गर्न पार्टीका कार्यकारिणी सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदल गठन गरेको छ ।





प्रतिक्रिया राख्नुहोस्