तामाङ संघको कार्यसमिति विस्तार

काठमाडौँ- नेपाल तामाङ संघको केन्द्रीय कार्यसमिति विस्तार गरिएको छ ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको विधानको परिच्छेद २, दफा ४ को उपदफा ‘क’ अनुसार कार्यसमिति विस्तार गरिएको अध्यक्ष रामकृष्ण तामाङले जानकारी दिनुभयो ।
विस्तारित केन्द्रीय कार्यसमितिका सदस्यहरुले आजै पदस्थापन तथा सपथ ग्रहण गर्नुभयो । विस्तारित नयाँ कार्यसमितिमा दोलखाका कृष्ण थोकर, काभ्रेका डिवी मोक्तान र ललितपुरकी सीता वाइवा लगायत ३८ जना रहनु भएको छ ।
संघको अध्यक्षमामा मनोनित भएको पाँच महिनापछि तामाङले कार्यसमिति विस्तार गर्नुभएको हो । अव प्रदेश र स्थानीय तहका समिति विस्तारमा संघ केन्द्रीत हुने अध्यक्ष तामाङले बताउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्