बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयद्वारा बसमा आगजनी, बिपि राजमार्गमा अवराेध

 सिन्धुली – बिपि राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउपालिका ३ मा बस र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजनाको घटनास्थलमै र अर्का एकजनाको उपचार लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिपि राजमार्गस्थित सुनकोसी गाँउपालिका ३ बोहोरेटारमा काठमाडौबाट रामेछापतर्फ जाँदै गरेको बा. प्र. ०१- ००६ ख ४५९३ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कार खादा मोटरसाइकल चालक नाम ठेगाना नखुलेका अन्दाजी २५ वर्षीय युबकको घट्नास्थमै र मोटरसाइकलको पछाडि सवार खोटाङ जिल्ला दिक्तेल नगरपालिका १० कि १८ वर्षीय मुनकला राइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

बस चालक रामेछाप मन्थली नगरपालिका १३ बस्ने रुपेश अधिकारीलाई प्रहरिले नियन्त्रणमा लिएको छ ।

ठक्कर दिने बसमा स्थानियले आगजनी गरेका छ्न भने मृतकका आफन्तले सडक अवरोध गरेका छ्न । अवरोधका कारण सयौं सवारी साधन राजमार्गमै रोकिएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.