रास्वपाकाे पैदलयात्रा सुरु
नवलपुर- पूर्वी नवलपरासीको नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामलाई तिव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि पैदलयात्रा सुरु गरेको छ ।
विहान सवा १० वजे नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. २ भृकुटीचोकबाट सुरु भएको पैदलयात्रको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गर्नुभयाे। बुटवलसम्मको यात्रा तीन दिनमा पुरा गर्ने लामिछानेले बताउनुभयाे ।
यात्राका क्रममा बस्ती क्षेत्रमा हिड्ने र जंगलमा सवारीसाधनको प्रयोग गर्ने तयारी भएको छ ।
प्रतिक्रिया राख्नुहोस्