टिआरसी विधेयकका विषयमा शीर्ष नेताबीच छलफल
दलीय सहमतिमा आगामी अधिवेशनबाट विधेयक पारित गरिने

काठमाडौँ –सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा तीन दलहरु बीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलहरु बीच आउदो सदनमा विधेयकलाई प्राथामिकताका साथ अघि बढाउने सहमति भएको छ। विधेयकालाई दलीय सहमतिबाटै पारित गर्ने गरी अघि बढाउनु पर्नेमा नेताहरुले जोड दिएका छन् ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुभएको थियो ।
त्यसै गरी बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ तथा कांग्रेस नेता राधेश्याम अधिकारी, एमाले नेता अग्निप्रसाद खरेल र महेश बर्तौला, माओवादी केन्द्रबाट वर्षमान पुन र खिमलाल देवकोटा लगायत उपस्थित हुनुहुन्थ्यो ।





प्रतिक्रिया राख्नुहोस्