हमास विरुद्धको युद्धमा एकैदिन २४१ जनाको मृत्यु, युद्ध महिनौं चल्न सक्ने इजरायली सेना प्रमुखको भनाइ

काठमाडौं- गाजामा हमास सैन्य समूह विरुद्ध इजरायलले गरिरहेको युद्ध अझै धेरै महिनासम्म चल्न सक्ने इजरायली सेना प्रमुखले बताएका छन् ।

सेना प्रमुख हार्जी हेलेजीले सम्वाददाताहरुसँग कुराकानी गर्दै तत्काल युद्ध समाप्त गर्ने जादुमय समाधान नभएको बताएका हुन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार सैन्य अभियान समाप्तिको नजिक नरहेको भन्दै चेतावनी दिनुभएको थियो ।

इजरायलले हिजो एकै दिन १ सयभन्दा बढी स्थानमा आक्रमण गरेको जनाएको छ । इजरायलले मध्य गाजामा स्थल आक्रमण विस्तार गरिरहेको छ ।

हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार ११ हप्ताभन्दा बढीको लडाईका क्रममा गाजामा २० हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । इजरायली बमबारीबाट करिब १९ लाख आन्तरिक रुपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसैबीच गाजामा इजरायलको सैन्य कारबाही जारी रहेको क्षेत्रमा विगत २४ घण्टामा कम्तीमा २४१ जनाको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले ३८२ जना घाइते भएको बताएको छ ।

मन्त्रालयका अनुसार ११ हप्ताभन्दा बढीको लडाईंमा कम्तीमा २० हजार ९१५ प्यालेस्टाइनी मारिएका छन्, जसमा अधिकांश बालबालिका र महिला छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.