राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी काँग्रेसबाट १ सय २३ आकाङ्क्षी

दाङ- माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशमा एक सय २३ जना आकांक्षी देखिएका छन ।

जिल्लावाट भएको सिफारिसका आधारमा नामहरु प्रदेश कार्यसमितिमा आएको पार्टीका प्रवक्ता प्रचण्ड विक्रम न्यौपाने जानकारी दिनुभयाे ।

रुकुमपुर्व बाहेक अन्य जिल्लाबाट पूर्व संसाददेखी स्थानीयतहमा उम्मेदवार बनेका सम्मलाई जिल्ला कार्यसमितिले सिफारिस गरेका छन् ।

यसरी लुम्बिनी प्रदेशबाट आकांक्षा देखाउनेमा पूर्व उपसभामुख पुष्पा भुसाल, सार्वजनिक लेखा समिति पूर्व सभापति भरत शाहदेखी केन्द्रीय सदस्य गहेन्द्र गिरी, कृष्ण किशोर घिमेर लगायत रहनु भएको छ ।

यस्तै यसरी सिफारिस हुने शीर्ष प्युठानबाट डा.गोविन्द पोखरेल, गुल्मीबाट चन्द्र केसी लगायतका रहनु भएको छ । भुसाल अर्घाखाँचीमा टोपबहादुर रायमाझीसँग पराजित हुनु भएको थियाे । शाह रुपन्देही क्षेत्र नम्बर ५ मा एमालेका बाबुदेव घिमिरेसँग पराजित हुनु भएको थियाे ।

काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाबाट सिफारिस भई आएका उम्मेदवारको बारेमा कैफियत खुलाएर सबैको नाम केन्द्रमा पठाउने निर्णय गरेको छ ।सबैको विगत र हालको अवस्था, गतनिर्वाचनमा खेलेको भूमिका लगायत पृष्ठभूमि खुलाएर मात्रै नाम सिफारिस गरिने छ ।

लुम्बिनीमा फागुन २० गते एमाले तर्फबाट कुमार दसौदी र काङ्ग्रेसकी अनिता देवकोटाको पदावधि सकिँदै छ ।

पुस २३ गते राष्ट्रियसभा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्य तालिका छ ।

काँग्रेस लुम्बिनी सभापति अमरसिंह पुनको सकभर अवसर नपाएका, लामो समय पार्टीमा योगदान गरेका तथा सबै क्षेत्र मिलाएर जिल्लाबाट आएका नामहरूको केन्द्रमा पठाउने बताउनु भयाे ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.