सौरहामा हात्ती सुन्दरी प्रतियोगिता: उपाधि सेल्फीकलीलाई

चितवन : पूर्वी चितवनको सौराहामा आयोजित चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० मा जारी हात्ती सुन्दरीको उपाधि सेल्फीकली हात्तीले जितेको छ ।

प्रतियोगितामा सहभागी ६ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीय सेल्फीकलीले सो उपाधि जितेको हो ।

सौराहा पर्यटन व्यवसायी रामकुमार अर्यालको हात्ती सेल्फीकली दोश्रो पटकको सहभागितामा सुन्दरी घोषणा बन्न सफल भएको हो।

यसअघि २०७५ सालमा सेल्फीकलीले उपाधि हात पार्न सकेको थिएन । सेल्फीकलीलाई माउते किशोर कुमालले प्रतियोगितामा समावेश गराएका थिए।  भीमकाय हात्तीको सुन्दरी प्रतियोगिता पोथी हात्तीका बिच प्रतिस्पर्धा हुँदै आएको छ ।

सेल्फीकलीले ५०० पूर्णाङ्कमा ३९४ अंक ल्याएर उपाधि जिल्न सफल भएको हो ।

प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्जको ११ वर्षीय रिमझिमकली हात्ती दोस्रो र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका रामप्रसाद रिजालको २२ वर्षीय  सम्बृद्धिकली हात्ती तेस्रो भएका छन् । उनीहरुले क्रमशः ३९३ र ३५६ अंक प्राप्त गरेका थिए ।

सुन्दरीको होडमा सेल्फीकलीसँगै हरिभक्त घिमिरेको लक्ष्मीकली, शङ्कर शैजुको बिजुलीकली, दीपक भट्टराईको रानीमायाकली र रामकुमार चौधरीको चम्फाकली हात्ती सुन्दरी प्रतियोगितामा  सहभागी थिए ।

हात्तीको सरसफाइ, श्रृंगार, हिँडाइ, घाउचोट नभएको, हात्ती र माउतेको व्यवहारलगायतको मूल्याङ्कन गरी प्रतिस्पर्धा गराइएकोमा मूल्यांकनबाट सेल्फीकली उत्कृष्ट घोषित भएको निर्णायक चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठले जानकारी दिनुभयो।

हात्ती सुन्दरीका माउतेले १५ हजार रुपैँया, दोस्रो हुनेका माउतेले १० हजार रुपैँया र  तेस्रोले पाँच हजार रुपैँया नगद पुरस्कार पाएका छन्।

हात्तीको सरसफाइ, नङ काटे नकाटेको, घाउ चोट भए नभएको, त्यसको स्वास्थ्य लगायतका मापदण्डलाई  प्रतियोगितामा निर्णयको आधार बनाइएकोमा यो वर्ष दर्शकको भोटलाई पनि प्रतियोगिताको निर्णयको आधार बनाइएको थियो श्र

महोत्सवमा सबैभन्दा बढी रुचाएको प्रतियोगिता ‘हात्ती सुन्दरी’ हो । यस्तो प्रतियोगिताले हात्तीलाई सुन्दर र स्वस्थ्य राख्न प्रेरणा दिन्ने  महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले स्पष्ट पार्नुभयो ।

महोत्सव अन्तर्गत भोलि (विहीबार) हात्ती वनभोजसँगै समापन गरिदैँछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.