हवाइ उडान सुरक्षासम्बन्धी छुट्टै नीति तर्जुमा गर्न संसदीय समितिकाे सरकारलाइ निर्देशन

काठमाडाै- संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई उडान सुरक्षासम्बन्धी नीति तर्जुमा गर्नकालागि मन्त्री परिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसको समितिको १४ औं बैठकले नेपालमा हवाई नीति २०६३ सालदेखि कार्यान्वयनमा आएपनि उडान सुरक्षासम्बन्धी छुटै नीति आवश्यक रहेकाले सो नीतिवारे तर्जुमा गर्न निर्देशन दिएको हो ।

यस्तै समितिले नेपालको हवाइ उड्डयन क्षेत्रलाई यु्रोपियन युनियनको सुरक्षा सूचिबाट हटाउनकालागि आवश्यक कार्ययोजना निर्माण गरी समितिलाई जानकारी गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले नागरिक उड्डयन प्राधिकरणसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विद्येयकलाई संसद्मा पेश गराउन पनि निर्देशन दिएको छ ।
आजको छलफलमा संस्कृति पर्यटन तथा नागरिक मन्त्री सुदन किराती, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी ,नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी सहभागि हुनुभएकाे थियाे । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.