बालकुमारीमा घटनाको छानविन गर्न काँग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले शुक्रवार ललितपुरको बालकुमारीमा भएको घटनाबारे सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्न माग गरेको छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न घटनाका बारेमा सत्य तथ्य छानविन गर्न सरकारसँग माग गर्नु भएको छ ।

‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी कांग्रेसले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गरेको छ । साथै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन कांग्रेसको अपिल छ ।

इपीएस परीक्षामा समेल हुन पाउनु पर्ने भन्दै युवाहरुले ललितपुरको बालकुमारीमा गरेको प्रदर्शनका क्रममा  दुइ जना प्रर्दशनकारीको मृत्यु भएको छ । प्रर्दशनकारीले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.