गैर नेपाली संघ एनआरएनएमा केन्द्रीय सदस्य तथा सल्लाहकार मनोनयन

काठमाडाै – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले २१ जना केन्द्रीय सदस्य चयन गरेको छ । गत आइतवार बसेको संघको पदाधिकारी तथा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले विभिन्न देशका २१ जना केन्द्रीय सदस्य सहित २१ जना सल्लाहकारको मनोनयन गरेको विज्ञप्ति सोमवार जारी गरि जानकारी दिएकाे हाे ।

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा भर्चुअल (अनलाइन) माध्यममा भएको बैठकमा अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यहरु मनोनयन, सल्लाहकारहरु मनोनयन, अनुशासन र विधान समितिको गठन गरेको हो।

मनोनयन हुनेहरुमा हेमन्त काफ्ले पूर्णनाथ घिमिरे (अष्ट्रेलिया), रामप्रसाद घिमिरे (अष्ट्रेलिया), बाबुराम भण्डारी (जापान), सरिता ढकाल (जापान), ज्योति शर्मा (इजरायल), डा. सञ्जु पौडेल (कोरिया), विनेश तामाङ (कतार), तारानाथ बोहरा एमडी (युएई), अर्जुन गुरुङ (बेल्जियम), चिरन शर्मा (यूके), डा. मुकुन्द बाँस्तोला (यूके), सरस्वती केसी (यूके), शान्ति अर्याल अधिकारी (पोर्तुगल), सम्राट थापा (क्यानाडा), रविन बज्राचार्य (अमेरिका), मनिता ढुंगाना (अमेरिका), ईश्वरी भट्ट (अमेरिका), भुवन आचार्य (अमेरिका), विनोद भट्ट (अमेरिका), डा अन्जु खरेल (अमेरिका) र पूर्णनाथ घिमिरे (अष्ट्रेलिया) लाई मनोनय गरेको छ।

महासचिव गौरीराज जोशीले संचालन गर्नु भएको बैठकमा सहभागीहरुले दिनु भएको सुझाव र सल्लाह र संघको विधान २००३ (संशोधित २०२२) को दफा १४ को उपदफा १ बमोजिम २१ जनालाई संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यमा मनोनित गरिएको केन्द्रीय सदस्य हेमन्त काफ्लेले जानकारी दिनुभयाे ।

यस्तै बैठकले संघको विधानअनुसार सल्लाहकारहरुमा अतुल कोइराला (नेपाल), ओम गुरुङ (जापान), डा. देवी बस्नेत (कोरिया), प्रीतम श्रेष्ठ (हङकङ), रमेश पाण्डे (अष्ट्रेलिया), नारायण काफ्ले (अष्ट्रेलिया), दिनेश जोशी (अष्ट्रेलिया), सूर्य गुरुङ (यूके), भैरव ढकाल (अष्ट्रेलिया), गोविन्द गौतम (रुस), टेकराज निरौला (रुस), हीराधन राई (यूके), सूर्य गुरुङ (यूके), चिरञ्जीवी ढकाल (यूके), शिव बरुवाल (बेल्जियम), टीबी कार्की (कतार), कमलनणि गुरागाई (कतार), होमनाथ शर्मा (कतार), सञ्जय थापा (अमेरिका), डा. सञ्जीव सापकोटा (अमेरिका), यमुना भट्टराई (अमेरिका) र रमेश थापा (क्यानाडा) लाई मनोनय गरेको छ।

बैठकले संघको अनुशासन समितिको संयोजकमा संघका पूर्वमहासचिव रतन झा (अमेरिका) लाई मनोनयन गर्ने निर्णय गरेको छ। सो समितिमा ओम गुरुङ, नारायण काफ्ले, होमनाथ शर्मा र विष्णुमाया परियार सदस्य रहेका छन्। संस्थाको विधान व्याख्या समितिको संयोजकमा भूषण घिमिरे, भवानी ओली र मुकुन्दप्रसाद पौडेल (नेपाल) रहनुभएको एक समिति गठन भएको छ।

बैठकले रिक्त रहेको ओसेनियाको क्षेत्रीय युवा उपसंयोजकमा दीपेन्द्र हमाल र युरोपको क्षेत्रीय युवा उपसंयोजकमा प्रकाश दोङलाई मनोनयन गर्ने पनि निर्णय गरेको छ । गत अक्टाेबरमा भएकाे निर्वाचनमा अध्यक्षका अर्का उम्मेद्वार आर.के शर्माले निर्वाचन धाँधली भएकाे भन्दै आफ्नै नेतृत्वमा अर्को समिति गठन गर्नुभएकाे थियाे । संघ भित्र देखिएकाे विवादलाइ समाधान गर्न परराष्ट्रमन्त्री एनपी साउदले पहल गरिरहनु भएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.