सत्ता गठबन्धनका तीन दलकाे बैठक अपराह्न ३ बजे,प्रमुख प्रतिपक्षी दल एमालेसंग पनि आजै छलफल हुने

काठमाडाै- सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच बुधबार अपराह्न ३ बजे बालुवाटारमा छलफल हुने भएको छ।

राष्ट्रिय सभा निर्वाचनको माघ ११ मा हुने चुनावका लागि सिट बाँडफाँटका विषयमा छलफल हुन लागेको हो। राष्ट्रिय सभा निर्वाचनको विषयमा सत्ता गठबन्धनका नेताहरु बालुवाटारमा नै कांग्रेस र माओवादीका शीर्ष नेताबीच करिब आधा घन्टा छलफल भएको थियो।

बिहानको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुभएकाे थियाे भने नेकपा माओवादी केन्द्रको तर्फबाट वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायतका नेताहरु सहभागी हुनुहुनुभएकाे थियाे ।

गठबन्धनका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गर्ने  तयारी भएकाे उपप्रधान तथा रक्षामन्त्री पु्र्णबहादुर खड्काले जानकारी दिनुभयाे । नेकपा एमालेसँग साँझ पाँच बजे छलफल गर्ने तयारी सत्ता गठबन्धन गरेकाे छ ।

राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदमा एमालेबाट आठ जनाको कार्यकाल सकिँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.