उत्पादन बढाउन सिंचाई प्रणाली विस्तारमा जोड दिदै गण्डकी प्रदेश
कास्की – गण्डकी प्रदेशको अन्न भण्डारको रुपमा रहेको नवलपुर जिल्लालाई उत्पादनशिल क्षेत्रको रुपमा बिकास प्रदेश सरकारले सिंचाई प्रणाली विस्तारमा जोड दिएको छ ।
गण्डकी प्रदेशका अन्य जिल्ला संगै नवलपुर जिल्ला पनि प्रदेशको धान ,गहुँ, दलहन, तेलहन , फलफुल र तरकारी उत्पादन हुने मुख्य जिल्ला बनाउनका लागि प्रदेश सरकारले कामलाई अधि बढाएको हो ।
नवलपुर जिल्ला लाई उत्पादन मुखी बनाउन गण्डकी प्रदेश सरकार अन्तर्गत उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालय र स्थानिय वासिन्दा हरुको पहलमा भूमिगत डीप टयूववेल जडान गरी सुख्खा जमीन सिंचाई गर्ने कार्यलाई अघि बढाएको छ ।
मन्त्रालय अन्तर्गतका भूमिगत जलश्रोत तथा सिंचाई कार्यालय मार्फत बृहद गैंडाकोट सिंचाई अन्र्तगत सहिद स्मृति डीप टयूववेल सिंचाई योजना गैंडाकोट १४ नवलपुर , आँपचौर रजहर बगडीखेत सिंचाई प्रणाली देवचुली १६ नवलपुर र पूर्बखेत डीप टयूववेल सिंचाई प्रणाली देवचुली २ नवलपुरमा निमाण सम्पन्न भएका योजनाहरुको गण्डकी प्रदेशका उर्जा जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्यालले उदघाट्न गर्नु भएको छ ।
योजनाहरुको उदघाटन गर्दै मन्त्री अर्यालले गण्डकी प्रदेश सरकारले पछिल्लो समय कृषि उत्पादनको बृद्धि गरी प्रदेशलाई खाद्यन्न धान ,गहँ , फलफुल र तरकारीमा आत्मनिर्भर बनाउँनका लागी प्रदेशका सबै जिल्लामा सिंचाई तथा खानेपानीको ब्यबस्था गर्न प्रतिबद्धता सहितको निणय गरिएको बताउनु भयो ।
बिभिन्न जिल्लामा काम अघि बढाईएकोले केही जिल्लामा योजना हरु सम्पन्न भैसकेको चर्चा गर्दै पहाडी भेगमा सिंचाई कुलो निमाण र तराई क्षेत्रमा डीप टयूववेल जडान , खानेपानी टंकी निमाण तथा घर घरमा धारा जडान गर्ने काम सम्पन्न भएका निर्माणाधिन आयोजनाहरु सम्पन्न गरी सुबिधा दिने गरी काम गरीरहेको उहाँले बताउनु भयो ।
नवलपुर क्षेत्रका बिभिन्न ठाउँमा डीप टयूववेल जडान भएर सम्पन्न भएका योजना बाट बर्षौं देखी सुख्खा रहेका यस क्षेत्रको करिब १ सय बिगाह जमिन सिंचाई हुने र बाह्रै महिना उत्पादन गर्न सकिने भएकोले उत्पादनमा पनि दोब्बरले बृद्धि हुने भएपछि स्थानिय किसान हरुमा खुसीयाली छाएको छ ।
गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका किसान हरुलाई रोजगारी सृजना गर्दै ब्यबसायिक बनाउँदै उत्पादन बृद्धि गर्नका लागी डीप टयूववेल बाट जमिन सिंचाई गर्न लाग्ने बिजुली खर्च समेत प्रदेश सरकारले राहत दिने भएपछि किसानलाई राहत संगै योजना लागु भएका क्षेत्रमा उत्पादन बृद्धि हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्