‘नजाने भो हाम्रो दुःख’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ- दीपेन्द्र प्रकाश केसीको निर्देशनमा ‘नजाने भो हाम्रो दुःख’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

नारद पोखरलेको शब्द र ज्योति प्रकाशकाे संगित र शिशिर योगीको स्वर रहेकाे ‘नजाने भो हाम्रो दुःख’ को म्यूजिक भिडियोमा शुरविर पण्डित ‘दारी बा’, रश्मि भट्ट र राजानन्द माण्डव्यकाे अभिनय रहेको छ ।

मकवानपुरको कुन्छाल आसपासमा छायाँङ्कन गरेको म्यूजिक भिडियोमा आफ्नो सन्तान विदेश पलायनपश्चात बुबा-आमा स्वदेशमा भोग्नुपरेको पीडालाई प्रकाश पार्न खोजिएको छ ।

गोबिन्द अञ्जानको छायांकनमा तयार गरिएको भिडियोमा कल्पेश बिश्वकर्माको सम्पादन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.