रौतहटमा नक्कली नोटसहित एकजना पक्राउ
रौतहट- लाखौं नक्कली रुपैयाँसहित रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ८ स्थित पटेल चोकबाट लाखौं नक्कली रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गएको हो ।
पक्राउ परेका रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नम्बर ५ हरिहरपुरका निवासी २५ वर्षीय सन्दीप यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार जैसवाललाई १८ लाख ४३ हजार रुपैयाँको नक्कली नोटसहित पक्राउ गरेको बताए ।
बिहीबार पटेल चोकमा सवारी चेकजाँचको क्रममा प्रहरीले जैसवालको साथबाट १ हजार ८ सय ४३ थान १ हजार दरको नक्कली नोटसहित जैसवालको साथबाट विभिन्न बैंकको एटीएम भिसा कार्ड ५ थान, चेक ३ थान १६ लाख ६५ हजार उल्लेख भएको र मोबाइल एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका यादवलाई मुद्रा सम्बन्धी कसूर अन्तर्गत कानूनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिनुभयो ।
यसअघि पनि रौतहटमा बिभिन्न ठाउँबाट नक्कली नोटसहित प्रहरीले आठजनालाई पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्