काप्चुच्चेको प्रवद्धनमा मंगलेबासी
म्याग्दी- वरिपरी जंगल, बिचमा केही भाग समथर त्यही ठाउँबाट हिमाल संगै वरिपर देखिन्छ मनमहोन ठाउँ र बस्तीहरु । कुनै समयमा खेती हुने यो ठाउँमा अहिले चिटिक्कको शिव मन्दिर छ । यस मन्दिरमा पुजाआर्चना गरे आफ्नो मनोकांक्षा पुरा हुने जनविश्वसका साथ बर्षौँदेखि यहाँ पुजाआजा गरिदै आएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–८ मंगलेखानीका स्थानीयले अहिले यस काप्चुच्चेलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न अग्रसर भएका छन् । अहिले काप्चुच्चेमा स्थानीयको सक्रियतामा मन्दिर मात्र निर्माण भएको छैन । त्यही होम गर्नका लागि दुई वडा होमनकुण्ड, सत्तल निर्माण संगै मन्दिर परिसरमा चिटिक्क पारेर ढुङ्गा विछ्याईएको छ ।
प्रभु महाराजा (कृष्ण भगवान) यस काप्चुच्चेमा आएर ध्यान गरेका आफ्नो शक्ति प्राप्त गरेको भन्ने आफ्ना पुर्खाले भन्ने गरेको ७९ बर्षका ठाकुर प्रसाद छन्त्यालले बताउनुभयो । ‘प्रभुले यहाँ आएर आफ्नो शक्ति प्राप्त गरेको भन्ने पुर्खाको कुरा अनुसार उहाँहरुको चलन अनुुसार नै हामीले यहाँ पुजा गर्दै आएको छौँ ।’ उहाँले भन्नुभयो । यसलाई अहिले हामीले प्रचार प्रसार गरी धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने अभियानमा छौँ ।
बर्षको दुई पटक कृष्णअष्टीका दिन पुजा-आजा हुने यस मन्दिरमा अहिले भक्तजनको आगमनलाई मध्यनजर गरी देशविदेशमा रहेका मंगलेबासीहरुबाट सहयोग संक्लन गरी मंगलेखानीबाट मन्दिर सम्म पुग्नका लागि पदर्माण निर्माण गरीएको शिव मन्दिर संरक्षण समितिका अध्यक्ष समेत रहुनभएका नरबहादुर छन्त्यालले भन्नुभयो । ‘हामीले स्थानीय सरकार र गाउँबाट बैदेशिक रोजकागरीका लागि विदेश जानुभएका वा बसाईसराई गरेर जानुभएकाहरुको सहयोगमा यहाँ विभिन्न पूर्वाधारहरु निर्माण गरेका छौँ ।’
पहिले ढुङ्गाको थान बनाएर पुजा गरिर्दै आएको थियो । अहिले व्यक्तीको सहयोगमा मन्दिर निर्माण गरीएको छ । मन्दिर नजिकै पानीका लागि धारा निर्माण गरीएको छ । मंगलेखानी गाउँबाट करिब एक घण्टामा पुग्न सकिने काप्चुच्चेलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकेमा धर्मिक पर्यटक भित्राउन सकिने स्थानीय टम बहादुर छन्त्यालले बताउनुभयो ।
छन्त्याल जातिको बासोबास रहेको मंगलेखानीमा पर्ने काप्चुच्चे पर्यटकीय स्थलको रुपमा विकास गर्न सकेमा गाउँमा उत्पादन हुने आलु, सिमीले समेत बजार पाउने छन्त्यालको भनाई छ ।
स्थानीयको सक्रियतामा केही बर्ष यता काप्चुच्चेमा पूर्वाधार निर्माण भएका छन् त्यसमा वडाले पनि सहयोग गरेको रघुगंगा गाउँपालिका–८ का वडा अध्यक्ष गमान छन्त्याले बताउनुभयो ।
‘हामीले काप्चुच्चेलाई पर्यटकीय रुपमा विकास गर्न गुरु योजना नै बनाएर अघि बढेका छौँ, उहाँले भन्नुभयो, यसमा वडाले मात्र नभर सघ र प्रदेश सरकारको पनि सहयोग आवश्यक छ ।’ प्रचारप्रसारको कमी भएकाले धार्मिक पर्यटक आउन सकेका छैैनन् । वडाको प्रमुख धार्मिक पर्यटकीय गतव्य बनाउने गरी प्रसारप्रसार गर्ने अध्यक्ष छन्त्यालले बताउनुभयो । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको काप्चुच्चेमा पुग्नका लागि बेनी बजारदेखि ३ घण्टाको सवारी साधान र एक घण्टा पदमार्ग हुदै जानुपर्छ । ।
प्रतिक्रिया राख्नुहोस्