सर्लाहीको बरहथवामा झडप : १ जनाको मृत्यु, केही स्थानीय र प्रहरी पनि घाइते

स्थिति सामान्य बनाउने प्रयास जारी

सर्लाही- सर्लाहीको बरहथवामा प्रहरी र स्थानीय प्रदर्शनकारीबीच भएको झडपमा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने स्थानीय बरहथवा-६ का जयशंकर शाह रहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभएको छ ।

शव अझै पनि स्थानीयकै नियन्त्रणमा रहेको र प्रहरीले स्थिति सामान्य बनाउन कोशिष गरिरहेको घिमिरेले बताउनुभयो ।

स्थानीय अस्पतालको स्तरोन्नतिको विषयलाई लिएर स्थानीयहरु नै दुई पक्षमा विभाजित हुँदा झडप भएको स्थानीय प्रसाशनले जनाएको छ।

बरहथवा-६ मा रहेको अस्पताललाई नगरपालिकाले स्तरोन्नति गर्ने कि प्रदेश सरकारले भन्ने विषयमा विवाद चर्किएको हो ।

हिजै देखि स्थानीयबीच झडप हुनसक्ने आँकलन गरेको प्रहरीले आज सोचेभन्दा बढी भिड जम्मा भएकोले नियन्त्रण गर्न गाह्रो भएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ ।

झडपमा परी अरु केही स्थानीय र प्रहरीहरु पनि घाइते भएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.