बरहथवा घटना छानबिन गर्न समिति गठन,मृतकको परिवारलाई १० लाख राहत

काठमाडौं -सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न  गृह मन्त्रालयले  ३ सदस्यीय समिति बनाएको छ ।

शनिबार एक प्रेसविज्ञप्ति मार्फत  मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको जानकारी दिनुभएको हो ।

समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य  रहनु भएको छ ।

मृतक परिवारलाई १० लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार सर्लाहीको बरहथवा नगरपालिकाको अस्पताल स्तरोन्नति गर्ने वा नगर्ने विषयमा भएको विवादपछि उत्पन्न झडपमा स्थानीय जयशंकर साहको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.