सुस्तास्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

पश्चिम नवलपरासी– पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीमा निर्माणाधिन झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ ।

भारतिय अतिक्रमणको चपेटामा पर्दे आएको पारी सुस्ता गाँउ जोड्ने गरी नारायणी नदिमा नेपालकै लामो झोलुङ्गे पुल निर्माणको काम भईरहेको छ ।

पुलको १० वटा मुख्य पिल्लरको काम सकेर त्यसमाथि स्टीलका टावर बनाउने काम पुरा भएको सस्पेन्सन वृज डिभिजन कार्यालय ललितपुरका ईन्जिनियर गोपाल बहादुर थापाले जानकारी दिनुभयो ।

टावरमा लठ्ठा तानेर मानिस हिड्नका लागी बनाईने वाक वे को काम भईरहेको छ । चार ओटा स्पानमा वाक वे जडानको काम भईरहेको थापाले जानकारी दिनुभयो । काम अन्तिम चरणमा पुगेकाले माघ मसान्त सम्ममा पुल निर्माणको काम पुरा हुने जनाईएको छ ।

गत असार मसान्त सम्म काम सक्ने गरी पुल निर्माणका लागी  २०७८ साल चैत्रमा सरकारले थप समय उपलब्ध गराएपनि निर्माण सम्पन्न हुन सकेको थिएन् । २०७३ सालको पुसबाट सुरु भएको पुलको निर्माण कार्य तिन वर्ष भित्रै सकिनुपर्ने थियो तर पटक पटक म्याद थप गर्दा समेत पुलको काम पुरा हुन सकेको छैन् ।

१५ सय ७१ मिटर लम्बाइ र १ दशमलव ६ मिटर फराकीलो पुल निमार्णका लागि त्रिशूली आश्रय जेभी कन्ष्ट्रक्शनले २९ करोड ४० लाख रुपैयांमा ठेक्का लिएको छ । डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य नारायणी पारीका सुस्ताबासी, पुल निर्माण भए सहजै आउजाउ गर्न सक्नेछन् । पुल नभएकै कारण नेपाल तर्फ नारायणीपारीका सुस्ताबासिले सिधा सम्पर्क स्थापित गर्न नसक्दा सामान्य किनमेल औषधिमुलोका लागी पनि भारत तर्फ जानुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.