राष्ट्रिय सभा निर्वाचन: माओवादी केन्द्रले टुंग्यायो उम्मेदवार (सूची सहित)
काठमाडौँ – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका छ वटा पदमा उठाउने उम्मेदवारहरुको नामावली टुंगो लगाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीका पदाधिकारीहरुको बैठकले ६ जना उम्मेदवारहरु टुंगो लगाएको हो ।
बैठकले चम्पादेवी कार्की, श्रीकृष्णप्रसाद अधिकारी, मनरूपा शर्मा सुवेदी, झक्कुप्रसाद सुवेदी, विष्णु विक र रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
रिक्त हुने १९ सीटको लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ । निर्वाचनको भोलि उम्मेदवारी दर्ता कार्यक्रम राखिएको छ । यसअघि आज विहान बसेको सत्ता गठबन्धन बैठकमा गठबन्धन भित्र रहेका दलहरु बीच भागबण्डाको सहमति जुटेको थियो । कुल १९ सिट मध्ये माओवादीले ६ सीट परेको छ ।
को कहाँ ?
- कोशी- चम्पादेवी कार्की
- वाग्मती- श्रीकृष्णप्रसाद अधिकारी
- गण्डकी- मनरूपा शर्मा सुवेदी
- लुम्बिनी- झक्कुप्रसाद सुवेदी
- कर्णाली- विष्णु विक
- सुदूरपश्चिम- रेणु चन्दलाई उम्मेदवार
प्रतिक्रिया राख्नुहोस्