नेप्सेमा ३६.५७ अंकको सुधार
काठमाडौँ – सेयर बजार नेप्से परिसूचक ३६ अंकले बढेको छ । अघिल्लो दिन २६ अंकले घटेको बजारमा आज दोसो दिन नेप्से सूचक ३६.५७ अंकले बढ्दै २०५९.४९ अंकमा उक्लिएको छ।
आज ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरका १ करोड ३७ लाख ९ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
आज ४ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लाग्यो । दोस्रो बजारमा आज कारोबार सुरु भएको हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर करिव १० प्रतिशतले बढेको छ । कम्पनीले दोस्रो बजारमा कारोबारको सुरु मूल्य ३०९ रुपैयाँ पाएको थियो ।
प्रतिक्रिया राख्नुहोस्