नेपालमा लगानी गर्ने वातावरण अनुकुल बन्दै गएको छ : अर्थमन्त्री डा महत
काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशसरण महतले नेपालमा लगानीका लागि अनुकुल वातावरण भएको बताउनु भएको छ ।
अर्थमन्त्री महतले सोमबार राजधानीमा आयोजित नेपाल-भारत संयुक्त बिजनेस फोरममा जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका लागि उत्कृष्ट क्षेत्रहरु भएको बताउनुभएको हो ।
यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने भएकाले यी क्षेत्र लगानीका लागि उत्कृष्ठ भएको अर्थमन्त्री महतको भनाइ थियो ।
उहाँले नेपाल दक्षिण एसियाकै उत्कृष्ट लगानी गन्तव्य बन्न सक्ने भन्दै आगामी दिनमा व्यवसायिक वातावरण थप मजबुत बन्ने दावी गर्नुभयो ।
आगामी वैशाखमा लगानी सम्मेलनका लागि लगानी सम्बन्धी कानून, नीति तथा नियम सुधार गर्ने अर्थमन्त्री महतको भनाइ थियो ।।
प्रतिक्रिया राख्नुहोस्