इजरायली कारबाहीमा लेबनानी हिजबुल्लाह समूहका उच्च नेताको मृत्यु, क्षेत्रीय तनाव बढ्दै
काठमाडौं- लेबनानको दक्षिणी क्षेत्रमा गरिएको कारबाहीमा लेबनानी हिजबुल्लाह समूहका एक उच्च नेता मारिएका छन् । विसम ताविल नाम गरेका ती लडाकु नेता इजरायली कारबाहीमा मारिएको हिजबुल्लाहले जनाएको छ । उनी हिजबुल्लाहको विशेष लडाकु समूह रादवानका कमाण्डर रहेको खुलेको छ ।
घटनाका बारेमा इजरायली सेनाको प्रतिक्रिया नआएपनि सीमा क्षेत्रको सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा-खतराका ठाउँहरुमा कारबाही जारी रहेको बताएको छ । इजरायली सुरक्षाकर्मी र हिजबुल्लाह समूहबीचका जवाफी कारबाही श्रृंखलाले क्षत्रीय तनावको त्रास बढाएको बताइएको छ ।
हिजबुल्लाहलाई लेवनानको राजनीति र सैन्य शक्तिमा प्रभाव राख्ने इरान समर्थित लडाकु समूहको रुपमा लिने गरिएको छ । गत अक्टोबर ७ मा हमास लडाकु समूहले इजरायलमा हमला गरेपछि इजरायली सेना र हिजबुल्लाह समूहबीच दिनहुँजसो गोलाबारी हुँदै आएको छ ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानतर्फको सीमामा सुरक्षा सुदृढ बनाउन आवश्यक सबै उपाय अपनाउने बताउनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्