डाक्टर दिर्घराज आरसीको नेतृत्वमा हाडजाेर्नी प्रत्यारोपण समाज गठन
काठमाडाै- वरिष्ठ सल्यचिकित्सक दिर्घराज आरसीको नेतृत्वमा नेपाल हाडजार्नी प्रत्यारोपण समाज गठन भएको छ ।
देशैभर कार्यरत हाडजार्नी सल्यचिकित्सकहरुको काठमाडौमा भएको भेलाले निजामती अस्पतालमा कार्यरत वरिष्ठ सल्यचिकित्सक आरसीको नेतृत्वमा पहिलाे पटक समाज गठन गरेको हो ।
समाजको उपाध्यक्षमा डाक्टर विवेक वास्कोटा, महासचिवमा डाक्टर सुमनबाबु मरहट्ठा तथा समाजको कोषाध्यक्षमा डाक्टर ऋषि बिष्ट चयन हुनुभएको छ ।
यस्तै उपाध्यक्षमा डाक्टर विवेक वास्कोटा, महासचिवमा डाक्टर सुमनबाबु मरहट्ठा तथा समाजको कोषाध्यक्षमा डाक्टर ऋषि बिष्ट चयन हुनुभएको छ । समाजकाे सदस्यमा डा.श्रवणकुमार थापा, डा.राज राणा, डा.शुशिल थापा मगर, डा. कपिलमणी केसी, डा. रविन्द्र रेग्मी, डा. सुनिल सिंह थापा र डा प्रविण नेपाल चयन हुनुभएकाे छ ।
अर्थोपेडिक सर्जरी विधाको सब स्पेसियालिटीको रुपमा पहिलाे पटक समाजको स्थापना गरिएको अध्यक्ष डाक्टर दिर्घराज आरसीले जानकारी दिनुभयाे।।
प्रतिक्रिया राख्नुहोस्