जाम्बियामा हैजाकाे प्रकोप भयाबह बन्दै,मृतककाे सङ्ख्या २ सय २२ पुग्यो

काठमाडाै‌- जाम्बियामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या २ सय २२ पुगेको छ । गत वर्षको अक्टोबरमा हैजाको महामारी फैलिए यता ५ हजार ४ सय ६२ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ भने ५ सय ६७ नयाँ सङ्क्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अवधिमा ३ सय ४० जना निको भई घर फर्किएका छन् । हालसम्म हैजामुक्त भएकाको संख्या ४ हजार १ सय ७२ पुगेको छ । त्यसैगरी सङ्क्रमित मध्ये अस्पताल भर्ना हुन बाँकीको सङ्ख्या १ हजार ५९ छ । देशका १० प्रदेशमध्ये सात प्रदेशका ३१ जिल्लामा संक्रमण फैलिएको छ ।

हैजाबाट राजधानी लुसाका सबैभन्दा बढी प्रभावित भएको छ । मन्त्रालयले चीनद्वारा निर्मित नेशनल हिरोज स्टेडियमलाई हैजा उपचार केन्द्रको रूपमा तोकेको छ ।

प्रदुषित पानीका कारण हैजाको प्रकोप फैलिएको बताइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.