बर्षा र हिमपातको पर्खाइमा किसान

जुम्ला –  जुम्ला,मुगु लगायतका उच्च हिमाली जिल्लाहरुमा वर्षा र हिमपात नहुँदा किसानहरु समस्यामा परेका छन् । ती क्षेत्रमा लामो समयदेखि हिमपात र बर्षा नहुँदा किसानहरुले यस पटकको हिउँदेबाली लगाउन अझै पाइएका छैनन् भने लगाइएको बाली पनि सुक्ने अवस्थामा पुगेको  छ ।

हिउँदयाममा पानी नपरेकाले हिउँदे बाली अन्तर्गत गहुँ र जौकोखेती लगाउन नपाइएको तिला गाउँपालिका–१ किसान जयबहादुर बुढाले गुनासो गर्नुभयो ।

हिउँदयाम लागेपछि यि क्षेत्रमा अझै  वर्षा र हिमपात हुन सकेको छैन । गत वर्ष पुसमा हिमपात भएकामा यस भने अझै हिमपात भएको छैन । लामो समयसम्म परेको खडेरीले जिल्लामै गहुँ, जौलगायत बालीको उत्पादनमा कमी आउन सक्ने देखिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.