बम्जन पक्राउबारे सिआइबीको पत्रकार सम्मेलन, आजै अदालत लैजाने तयारी

काठमाडौँ- लामो समयदेखि फरार रहेका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । सार्जनजिक गरेलगत्तै आजै बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराउने तयारी प्रहरीले गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले बाल यौन शोषणसम्बन्धी आरोप लागेका तपस्वी रामबहादुर बम्जनको साथबाट तीन करोड भन्दा बढी नेपाली रुपियाँ बरामद गरेको छ।

सिआईबीले पत्रकार सम्मेलन मार्फत बम्जनलाई सार्वजनिक गर्दै काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–६ टनगाउँमा बस्दै आएका बम्जनको घरबाट उक्त रकम बरामद जानकारी दिएको हो ।

सिआइबीका प्रवक्ता नवराज अधिकारीका अनुसार विभिन्न १७  देशका करिव ३० लाख विदेशी मुद्रासहित तीन करोड ३४ लाख भन्दा बढी रकम पनि बरामद गरिएको हो ।

यसैगरी प्रहरीले गाडी र मोटरसाइकलसँग सम्बन्धित केही सामाग्री तथा कम्प्युटरमा प्रयोग गरिने सामानहरु पनि वरावद गरी सार्वजनिक गरेको छ ।

सिआइबीका अनुसार बम्जनको आश्रमबाट विभिन्न समयमा बेपत्ता भएका अनुयायीहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको जनाएको छ ।

वि.सं २०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले उनीविरुद्ध उजुरी दिएकी थिइन् ।

बाल यौन शोषण गरेको आरोप लागेपछि फरार रहेका बारा रतनपुरीका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ अनुमति दिएको थियो ।

यसैगरी, प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीले पनि २०७६ माघ २४ गते पत्राचार गरेको थियो ।

बम्जन पक्राउ परेलगत्तै उनका अनुयायी र समर्थकहरुले सामाजिक सञ्जालमार्फत चासो व्यक्त गरेका थिए । त्यसो त पत्रकार सम्मेलस्थल महाराजगञ्जको केन्द्रीय अनुसन्धान व्युरो सीआइवीको गेट अगाडी उनका समर्थकहरुको बाक्लो भीड थियो । प्रहरीले भीडलाई केही समयमा तितरवितर पारेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.