नेपालमा चिनियाँ लगानीबाट उत्पादित विजुली किन्न भारत अनिच्छुक
ग्लोबल टेण्डरबाट आएको कुरालाइ चीनले उत्पादन गरेको भनेर नबुझिदिन सरकारको आग्रह
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा चीनको लगानीमा उत्पादन भएको विजुली किन्ने विषयमा भने भारत अनिच्छुक रहेको बताउनुभएको छ ।
आज प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रधानमन्त्री दाहालले चीनको प्रत्यक्ष लगानीमा उत्पादन भएको विजुली लाने विषयमा असहमती जनाएको बताउनुभयो ।
प्रधानमन्त्रि दाहालले ग्लोबल टेण्डरबाट आएको कुरालाइ चीनले उत्पादन गरेको भनेर नबुझिदिन भारतीय पक्षलाई आग्रह गरिने समितिलाइ जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणका क्रममा भएको नेपाल–भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत् सम्झौतापछि नेपाल र भारतबीच दीर्घकालमा विद्युत् व्यापारको ढोका खुलेको बताउनुभयो ।
त्यस्तै मन्त्रिपरिषद्को निर्णय अनुसार नै सम्झौता भएको भन्दै अब आउने भारतीय लगानीलाइ स्वीकार गर्ने नगर्ने भनी निर्णय गर्ने अन्तिम निकाय संसद भएको समेत बताउनुभयो ।
यसैबीच संसदको कानुन न्याय तथा मानव अधिकार समितिले सन्धि ऐनले किटान गरेअनुसारका नेपाल पक्ष राष्ट्र भई गरेका सन्धि सम्झौताहरुको सम्पूर्ण विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
छलफलको क्रममा समिति सदस्यहरुले नेपाल सरकारले गरेका सन्धि सम्झौताहरुको जानकारी नै नहुने गरेको गुनासो गरेपछि समितिका सभापति विमला सुवेदीले सम्झौता उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।।
प्रतिक्रिया राख्नुहोस्