प्रधानमन्त्री प्रचण्ड माघ ५ गते युगाण्डा जानुहुने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ५ गते युगाण्डा जानुहुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भ्रमणबारेमा जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले युगाण्डाको राजधानी कम्पालामा माघ ५-६ मा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिनुहुने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

सो अघि माघकै ३-४ गते हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र माघ १ र २ गते हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको पनि मन्त्री शर्माले जानकारी दिनु भयो।

मन्त्री शर्माले सरकारले एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा गठित छानबिन समितिको म्याद माघ १५ गतेसम्म थप गरेको पनिजानकारी दिनुभयो। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता शर्माका अनुसार मंसिर २१ गतेको निर्णय अनुसार गठन भएको समितिको म्याद माघ १५ गतेसम्म थप गर्ने निर्णय भएको हो ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दैविक सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा २ अर्ब रुपैयाँ उपलब्ध गराउने र भूकम्पबाट प्रभावित जिल्लाहरुका उपलब्ध गराउने निर्णय गरेको छ ।

यसैगरी विश्व बैंकबाट प्राप्त हुने प्रश्तावित सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी सम्झौता र कार्यक्रम सम्बन्धि दस्तबेजलाई अन्तिम रुप दिन बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी दिने निर्णय पनि बैठकले गरेको छ।

सशस्त्र प्रहरी बल नेपालको श्रेणीबिहीन पदमा स्तरवृद्धि कायम भएका श्रेणीबिहीन प्रथम, द्वितिय र तृतीय, चतुर्थ र पाँचौ स्तरको शुरु तलवमान ग्रेड संख्या ग्रेड दर स्वीकृत गर्ने । त्यसैगरी बैठकले २०८० पुस २७ र २८ मा काठमाडौंमा हुने नेपाल-भारत वाणिज्य सहसचिव स्तरीय अन्तर सरकारी उपसमितिको बैठकका लागि सहसचिवको नेतृत्वमा वार्ता टोली र कार्यसूचि स्वीकृत गर्ने निर्णय गरेको छ ।

२०८० पुस २४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.