सौराहाको रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालको अध्यक्षमा गिरी सर्वसहमत चयन

चितवन- पर्यटकीय नगरी सौराहाका रेष्टुराँ व्यवसायीहरुको साझा संस्था रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान)सौराहाको अध्यक्षमा ध्रुव गिरी सर्वसहमत चयन हुनुभएको छ । १७औं वार्षिक साधारण सभा नवौं अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा शम्भु माली, द्धितीय उपाध्यक्षमा कृष्ण भट्ट, तृतिय उपाध्यक्ष राजेशकुमार तामाङ, महासचिव नविन नेपाल, सचिव कुमार जोशी, कोषाध्यक्षमा कृष्ण प्रसाद खतिवडा, सह कोषाध्यक्ष अम्विका भट्ट चयन हुनुभएको रेवान सौराहाका पूर्व अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

सदस्यहरुमा देवकला भट्टराई, पुरुषोत्तम लामिछाने, धर्मराज न्यौपाने, रामकुमार गुरौ, रामकाजी अधिकारी, सानुमाया थापामगर, चित्र बहादुर कुमाल, घनश्याम चौधरी,राजकुमार श्रेष्ठ र इश्वर रिजाल चयन भएका छन् । यस्तैलेखा समिति संयोजकमा रोजनाथ पाठक र सदस्यहरुमा शालिकराम रिजाल, देविलाल श्रेष्ठ चयन भएका छन् ।

वागमती प्रदेशका सांसद कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रमा महासचिव सुर्यबहादुर रिमालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष राजेश तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.