एनटीभी पत्रकार आचार्यसहित ६ जना सम्मानित
चितवन- चितवनमा लामो समय क्रियाशील भई काम गरेका युवा पत्रकार राजेन्द्र आचार्यसहित ६ जना सम्मानित भएका छन् । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल रेवा सौराहाले आफ्नो सत्रौँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको अवसरमा पारेर युवा पत्रकार आचार्यसहित ६ जनालाई सम्मान गरेको हो ।
पत्रकारितलाई कर्मभूमि बनाई समग्र सौराहाको पर्या पर्यटन प्रर्वद्धन र विकासको लागि पत्रकारिता मार्फत आफ्नो पेशागत जिम्मेवारीलाई कूशलता पूर्व निर्वाहको अतुलनिय योगदानको कदर गर्दै आचार्यलाई सम्मान गरेको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिनुभयो ।
विगत १७ बर्ष बढी समयदेखि निरन्तर रुपमा पत्रकारितामा सक्रिय आचार्य नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्ष, राष्ट्रिय फोटो पत्रकार संघ चितवनका अध्यक्ष, नेपाल टेलिभिन र कारोबार दैनिक चितवनका संवाददाताका रुपमा पत्रकारितामा सक्रिय छन् ।
पत्रकार आचार्यसगैँ अर्का युवा पत्रकार तथा विप्स मिडियाका सञ्चालक विविन शर्मा आचार्यसहित रेवान सौराहाका महासचिव सूर्यबहादुर रिमाल, कोषाध्यक्ष राजेशकुमार तामाङ, सदस्य धर्मराज न्यौपाने र उत्कृष्ट कर्मचारीकोरुपमा कार्यालय सचिव भागिरथ (गौतम) गिरीलाई वागमती प्रदेशका सासंद कृष्णप्रसाद खनाल र अध्यक्ष नरेश गिरीले संयुक्त रुपमा ढोसल्लासहित सम्मानपत्रले सम्मानित गरिएको थियो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, वडा नं ६ का वडाध्यक्ष किरण चौधरी, वडा नं ७ का वडा सदस्य सुर्य बहादुर तामाङ, रेवानका केन्द्रीय उपाध्यक्ष दिपेन्द्र खतिवडा, रेवान पोखराका महासचिव विकास भट्टराई, रेवान बन्दिपुरका अध्यक्ष जितेन्द्रलाल भूमी, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरी, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्पराज श्रेष्ठ लगायतको सहभागिता थियो ।
रेवानका अध्यक्ष नरेश गिरीको अध्यक्षतामा भएको साधारण सभाको बन्दसत्रले प्रगति तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । नव निर्वाचित समितिले बुधवार नै पद तथा गोपनीयताको सपथग्रहण गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्