रामग्राम नगरपालिकाद्धारा आगो ताप्न निशुल्क दाउरा वितरण
पश्चिम नवलपरासी- चिसो बढ्दै गएपछि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालिकाले निशुल्क दाउरा वितरण गरेको छ ।
नगरवासीलाई चिसोबाट जोगाउन सार्वजनिक स्थानमा धुनी बाल्नका लागि दाउरा वितरण गरिएको स्थानिय वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक धनिराम यादवले बताउनुभयो ।
नगरपालिकाले खरिद गरेर मानिस बढि भिडभाड हुने स्थान र चोक चोकमा दाउरा वितरण गरेको छ । चिसोको समयमा गरिव विपन्न वस्तीमा हुन सक्ने समस्यालाई मध्यनजर गर्दे १८ ओटै वडाका विभिन्न स्थानमा दाउरा र आवश्यक समाग्रि वितरण गर्ने नगरपालिकाले जनाएको छ । पछिल्लो केहि दिन देखि यस क्षेत्रमा चिसो बढेको छ, बाक्लो हुस्सुका कारण जनजिवन प्रभावित भएको छ ।
चिसो बढ्दै गएपछि गरिव विपन्न परिवार समस्यामा रहेका छन् । जिल्लाका विभिन्न स्थानमा रहेका मुसहर बस्ती चिसोले बढि मारमा परेका छन् ।
प्रतिक्रिया राख्नुहोस्