मुख्यमन्त्री शालिकराम जमकट्टेल नेतृत्वको सरकारको एक वर्षे उपलब्धी
मकवानपुर- बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेल नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको छ । मुख्यमन्त्री जमकट्टेलले एक वर्षको अवधीमा आफू नेतृत्वको सरकारले हासिल गरेका महत्पूर्ण उपलब्धिहरु पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नुभएको छ ।
२०७९ साल पौष २५ गते सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएका जमकट्टेलले सार्वजनिक गर्नुभएको प्रमुख उपलब्धी विवरणमा मन्त्रालयको सेवा कार्यालय स्थापना देखि अन्तरप्रदेश मुख्यमन्त्री बैठक सम्मका विषय समावेश गरिएको छ ।
बागमती प्रदेशका १३ वटै जिल्लामा प्रदेश सरकारका मन्त्रालयका सेवा कार्यालयबाट सेवा प्रवाह तथा सञ्चालन, संघ, अन्तरप्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा उल्लेखनीय प्रगती भएको मुख्यमन्त्रीको भनाइ छ ।
सेवा कार्यालय स्थापनासँगै प्रदेश सरकारको सेवा लिन प्रदेश राजधानी आउनुपर्ने अवस्थाको अन्त्य भएको मुख्यमन्त्री जम्कट्टेलले दाबी गनुभयो । मुख्यमन्त्री जमकट्टेलले स्थानीय तहको क्षमता विकासका लागि प्रदेश सरकारले गरेको वित्तिय हस्तान्तरण, लगानी र सहयोगले स्थानीय शासन सुदृढीकरणमा अभूतपूर्व गोगदान पुगेको स्पष्ट पार्नुभयो ।
प्रदेश विश्वविद्यालय स्थापना, प्रदेश उच्च शिक्षा परिषद् गठन, प्रदेश अस्पतालहरुको स्तरउन्नति, निशुल्क शैया मार्फत् आम नागरिकको पहुँच बढाउन सरकार प्रयत्नशिल रहेको उल्लेख गर्नुभयो ।
स्वास्थ्य क्षेत्रमा एक वर्षको अवधीमा महत्वपूर्ण कामहरु भएको उहाँले बताउनुभयो । सबै प्रादेशिक अस्पतालमा जनरल वेड निशुल्क गर्नुका साथै अस्पताल स्तरउन्नती गरिएको छ ।
अस्पतालहरुको क्षमता र गुणस्तरका लागि भक्तपुर र हेटौंडा अस्पताललाई तीन सय शैयामा स्रोन्नति गरिएको छ ।
त्यस्तै सिन्धुली, बकुलहर रत्ननगर, धादिङ अस्पताललाई १०० शैया, मेथिनकोट, चौतारा, रामेछाप र पशुपति चौंलागाई स्मृति अस्पताल ५०, बज्रबाराही चापागाउँ, टोखा चण्डेश्वरी र रसुवा अस्पताललाई २५ शैयामा स्तरोन्नति गरिएको छ ।
शिक्षामा गरेको लगानीलाई संस्थागत गर्न आवासीय विद्यालयको मोडलमा काम गर्नेगरी सरकारले योजना बनाएको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । यो बीचमा २ वटा सरकारी, १ सय ७६ वटा सामसदायिक तथा अन्य भवन निर्माण गरेको छ ।
प्रदेश सरकारले सामसदायिक विद्यालयको स्तरोन्नति तथा शैक्षिक गुणस्तर सुधारका लागि ९३ वटा दुई कोठे भवन, १ सय २८ वटा विद्यालयमा घेराबार ३३ वटा विद्यालयमा शौभालय र ३१ वटा विद्यालयमा स्वच्छ खानेपानी व्यवस्थापन गरेको छ ।
प्रदेश भित्रका पाँचवटा विद्यालयलाई आवासीय विद्यालयको रुपमा सञ्चालन गरि ६ सय ५८ विद्यार्थीलाई आवासिय सुविधा उपलब्ध गराएको उपब्धी विवरणमा उल्लेख छ ।
एक वर्षमा प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तरगत २ सय ५५ वटा व्यक्तिगत घर निर्माण गरेको जनाएको छ ।
यो अवधीमा २ सय ७२ किमि सडक पक्की गर्नुका साथै १ सय ५९ किमि ग्रावेलस्तरको सडक निर्माण, २६ वटा पुल तथा ६ वटा भाmेलुंगे पुल निर्माण गरिएको छ । सरकारले पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको लक्षिण एसियाको पहिलो सुरुङमार्ग चुरियामाई सुरुङमार्गको मर्मत सम्पन्न हुनुलाई पनि आफ्नो उपलब्धि मानेको छ ।
प्रदेश सरकारले समुदायमा आधारित कृषि उत्पादन तथा अनुदान मोडलमा जाने गरी काम गरिरहेको मुख्यमन्त्रीले बताउनुभयो । स्थानीय तहसँगको सहकार्यमा कृषि, पशुपन्छि तथा मत्स्य उपज उत्पादनका लागि एक वडा एक कृषि, पशुपन्छि उतपादन तथा मत्स्यजन्य कार्यक्रम कार्यान्वयन प्रारम्भ भएको जानकारी दिनुभयो ।
प्रदेश सरकारले यो अवधीमा प्राकृतिक तथा गैर प्राकृतिक विपद्बाट क्षती पुगेका ४१ किसानलाई १ करोड ७५ हजार राहत रकम उलब्ध गराएको छ । २ सय १७ सहकारी संस्था तथा ५ वटा निजी दुग्ध संकलन संस्थाका दुध उत्पादन गर्ने किसानलाई २९ करोड ९९ लाख प्रोत्साहन रकम प्रदेश सरकारबाट उपलब्ध गराइएको छ ।
बागमती प्रदेशका आठ जिल्लाका १० स्थानमा १५ हजार ८ सय मेट्रिकटन क्षमताका शीत भण्डार निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।
एक वर्षको अवधीमा बागमती प्रदेश मन्त्रिपरिषद्का २४ बैठक बसेर एक सय ३८ निर्णय गरिएको जनाएको छ । यस अवधीमा प्रदेश सभा समक्ष पेश भएका सातवटा ऐन जारी भएको छ ।
प्रतिक्रिया राख्नुहोस्