काभ्रे प्रशासन : दैनिक ३ सय बढी नागरिकले सेवा लिदै

काभ्रे- जिल्ला प्रशासन कार्यालय काभ्रेमा दैनिक ३ सय भन्दा धेरै नागरिकहरुले सेवा लिने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेबाट दैनिक ३ सय भन्दा धेरै नागरिकहरुले राहदानी, नयाँ र प्रतिलिपी नागरिकता, राष्ट्रिय परिचयपत्र र संघ संस्था दर्ता तथा नविकरण लगायतका विभिन्न खालका सेवा लिने गरेकोे जानकारी दिनुभयो ।
जिल्लाको समग्र शान्ति सुरक्षा, सेवा प्रवाहका बारेमा सरोकारवाला निकाय, राजनीतिक दल तथा संचारकर्मीहरुसँग अन्र्तक्रियामा कोभिड महामारी देखिन थालेको, किसानहरुले दुधको मुल्य नपाएको, आलु खेति गर्ने समयमा मलको अभाव भएको जस्ता समस्या उठेका थिए भने सडकको अवस्थाका कारण नागरिकहरुले दैनिक भोग्नु पर्ने समस्यामा प्रशासनको सक्रियता आवश्यक रहेको सुझाव दिएका थिए ।
शर्माले प्राप्त सुझावलाई सहज रुपले लिदै नागरिकहरुको सेवा पहिलो प्राथमिकतामा राखेको बताउनुहुदै केहि समय अघि मात्रै दशकौ अघि देखिको विवाद समाधान हुँदै सर्वाेच्च अदालतले भवन बनाउने बाटो खोलिदिएकाले त्यसको पूर्ण पाठ आए लगत्तै भवन निर्माणको कार्य शुरु गरिने जानकारी दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्