राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्षको भेट

काठमाडौ- राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवनमा आज भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको र त्यसले लोकतन्त्र, समावेशीकरण एवं सङ्घीयतालाई संस्थागत गर्न योगदान पुर्याउनेमा नेपाली जनता विश्वस्त रहेका बताउनुभयो ।

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपाल र आयरल्याण्डबीचको सौर्हादपूर्ण सम्बन्धलाई अझ बलियो बनाउँदै भविष्यमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रमा आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.