भारतबाट चेकजाँच बिना ल्याईएका पशुमा खोरेत संक्रमणकाे पुष्टि

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको सरावलमा गाईभैसिमा खोरेत रोग देखिएको छ । सरावल ६ पुसौलीका पशुहरुमा खोरेतको संक्रमण भएपछि खोप लगाउन सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीले जनाएको छ ।

केन्द्रका अनुसार सो क्षेत्रमा रहेका झन्डै तिन दर्जन पशुमा खोरेतको संक्रमण भएको पाईएको छ । विशेषगरी गत वर्ष खोरेत विरुद्धको खोप नलगाएका र बाहिरबाट खरिद गरेर ल्याएका पशुमा रोग देखिएको हो ।

समावर्ती क्षेत्रका किसानले भारत बाट बिना चेकजाँच भैसि खरिद गरेर ल्याउने गरेका छन् । जसका कारण पनि खोरेत रोगको संक्रमण फैलिएको हुन सक्ने पशु सेवा विज्ञ केन्द्रकि चिकित्सक विभुती सिंहले जानकारी दिनुभयो ।

खोरेत रोग पुष्टि भएका र लक्षण देखापरेका पशुमा खोप लगाउन सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सरावल गाँउपालिकाका लागि उपलब्ध गराएको ३ हजार डोज खोप मध्ये १ हजार डोज रोग फैलिएको क्षेत्रमा लगाउन सुरु गरिएको छ । खोप लगाउन सुरु भएपछि पशुको स्वास्थ्यमा सुधार हुदै गएको सरावल ६ का वडा अध्यक्ष छोटेलाल गुप्ताले जानकारी दिनुभयो ।

सहजै एक पशुबाट अर्को पशुमा सर्ने खोरेत रोग लागेमा खुर भएका पशुको मुख र खुट्टामा संक्रमण देखिन्छ । संक्रमण फैलिँदै जाँदा दुईवटा खुरको छालाहरु कुहिने समस्या हुन्छ । यस्तै सुरुको अवस्थामा पशुको मुखबाट र्‍याल आउने तथा मुख भित्रको जिब्रोमा घाउ समेत हुन्छ । जुन कारणले गर्दा पशुलाई आहारा खान समस्या हुन्छ । गत वर्ष खोरेत रोग प्रकोपको रुपमा फैलिएको थियो ।

नवलपरासीमा खोरेत रोग नियन्त्रणका लागी सरावल, पाल्हीनन्दन, बर्दघाट, प्रतापपुर, पाल्हीनन्दन र सुस्ताका लागी ३-३ हजार तथा रामग्राम र सुनवललाई ४८ सय डोज खोप उपलब्ध गराईसकेको पशु चिकित्सक सिंहले बताउनुभयो । थप १९ हजार खोप माग गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.