उत्तरगङ्गा गाउँपालिकाकाे लाेगाे ६ वर्षपछि सार्वजनिक

रुकुम पुर्व- रुकुम पुर्वस्थित पुथा उत्तरगङ्गा गाउँपालिकाले ६ वर्ष पछि पालिकाको आफ्नै लोगो सार्वजनिक गरेकाे छ।
लुम्बिनी प्रदेश कै अग्लो पुथा हिमाल, बहुमुल्य यार्सागुम्बा, पर्यटकीय गन्तव्य सुनदह, वन्यजन्तु झारल र नाउरसँगै राष्ट्रिय फुल लालीगुराँससहितका पहिचान झल्काउने विषयवस्तु समावेश गरिएको लाेगाे तयार गरि सार्वजनिक गरिएकाे गाउँपालिका प्रवक्ता टिकासाई घर्तीमगरले जानकारी दिनुभयो ।
१७ औँ गाउँसभामा सार्वजनिक गरिएको पालिकाको लोगोलाई अन्तिम रुप दिन १५ दिनको समय दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर गिरीले बताउनुभयो ।

हाल तयार भएको लोगोमा थपघट गर्न थप सल्लाह, सुझावको लागि १५ दिनको समय दिइएको हो ।

१५ दिन पछि आएको सल्लाह, सुझाव अनुसार गाउँपालिकाको लोगोलाई अन्तिम रुप दिइने गिरीले जानकारी दिनुभयो ।

त्यसपछि सार्वजनिक लोगो गाउँपालिका अध्यक्षले प्रमाणीकरण गर्ने र गाउँपालिकाले आफ्नो लोगो प्रयोगमा ल्याउने छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.