नारायणगढ-मुग्लिन सडक दुई दिनका लागि चौबिसै घण्टा खुला गरिने

चितवन: नारायणगढ–मुग्लिन सडकखण्ड आज र भोली चौबिसै घण्टा खुला गरिएको छ । माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर यो सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको मुग्लिन–नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार दुई दिन काम रोकेर सडक खुलाइने भएको हो ।
धादिङ र गोरखाबीच भएको समन्वय समिति बैठकमा तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय भएको थियो । अघिल्लो वर्ष पनि यो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेदेखि सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो ।
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पुल बनाउन पहरो फोर्ने काम अहिले चलिरहेको छ । उक्त काम गर्न दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गर्ने गरिएको थियो । यस वर्ष सडक बन्द गरेर काम गर्न सुरु गरिएको शनिबार तीन हप्ता भएको छ ।
पुनः २१ दिन दैनिक चार घण्टा सडक बन्द गरेर काम गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो । भने गएको पुस ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुदै आएको थियो ।






प्रतिक्रिया राख्नुहोस्