अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकियो

रौतहट- रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोप लागेका मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको छ ।
२०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोप लागेका आलमको मुद्दामा आइतबार पेसी तोकिएको जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिनुभयो ।
यसअघि न्यायाधीश बाबुकाजी बानियाको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । हाल बानियाको सरुवा भइसकेको छ । गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेस गर्न आदेश दिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्