डेनमार्गका युवराज फ्रेडरिक औपचारिक रुपमा राजा घोषित

काठमाडौं- डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित हुनुभएको छ । युवराज फ्रेडरिकलाई हिजो प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषित गर्नु भएको हो ।

डेनिस महारानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो । महारानी मार्गरेटले आफू जीवितै हुँदा राजगद्दी त्याग गरी छोरालाई राजा बनाउनु भएको हो ।

सो ऐतिहासिक क्षण हेर्नका लागि डेनमार्कमा हजारौं मानिस भेला भएका थिए । महारानीले ५२ वर्ष लामो राजगद्दी छोरा फ्रेडरिकलाई हस्तान्तरण गर्नु भएको हो । भीडलाई सम्बोधन गर्दै नयाँ राजा फ्रेडरिकले भविष्यका लागि एकतावद्ध राजा बन्ने विश्वास दिलाउनु भयो ।

साथै आफ्नी आमा महारानी मार्गरेटको प्रशंशा समेत गर्नुभयो । महारानी मार्गरेट ८ सय वर्षको इतिहासमा स्वेच्छाले राजगद्दी त्याग गर्ने पहिलो उत्तराधिकारी बन्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.